पूर्व जनमुक्ति सेनाका संस्थापक संयोजक किरण दंगाल–‘हामीलाई सत्ता प्राप्तिको लागि भर्याङ बनाउन अब सम्भव छैन’

Gantabya News

३ पुष २०७८, शनिबार

हिजो १० बर्षे जनयुद्धमा देश र जनताको मुक्तिको खातिर भनेर गठन गरिएको जनमुक्ति सेनाको माओवादी ले सत्तामा पुग्ने भर्याङ बनाएर छाडिदियो र तिनको आज के छ भनेर सम्म बुझ्न चाँहदैन भने चुनाव केन्द्रित स्वाङ् गर्दै खोजेको देख्दा माओवादी प्रति नै दया लाग्छ तिम्रो क्रान्ति छि ???

अर्काे तिर एमाले ले जनमुक्ति सेनाको व्यवस्थापन गर्ने रे ?? के सुन्नु परेको जनयुद्धलाई नै कुहिएको फर्सि , त्यसका नेता कमाण्डरलाई आतंककारी भन्ने र गणतन्त्र नेपालमा आउनु भनेको त बयलगाडा चडेर अमेरिका पुग्नु सरह हो भन्नेले आज व्यवस्थापन गर्छौं भन्दा तिमीह?को फोहोरी चुनावी खेल बाहेक केहि होइन ???

तिमीह? कसैलाई पनि जनमुक्ति सेना चाहिएको होइन चाहिएको हो सत्ता प्राप्तिको लागि भर्याङ जो अब सम्भव छैन । किनकी हामी गरिब दुखीका रगत पसिनाले तिम्रा अलिसान महल बनाउने र देश लुट्ने सपनामा नरमाए हुन्छ । अब पालो हाम्रो हो जे गर्छौं हाम्रो वर्गको हितमा निर्णय गर्छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *