३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ परेका छन्

काठमाण्डौ । ‘जेन–जी’ आन्दोलनको कममा भागेकामध्ये ३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ परेका छन् ।
देशभरका कारागारबाट १० हजार ३ सय २० कैदीबन्दीहरु फरार रहेका मध्य आज दिउँसोसम्म ३ हजार ७ सय २३ जना कैदीबन्दी पक्राउ गरी कारागारमा पु¥याएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । धेरै कैदीबन्दीहरु जेल बाहिर रहेकोले सर्तकता अपनाउनु पर्ने उनको भनाइ छ । भागेका कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन पनि उहाँले सबैमा अनुरोध गरेको छन ।
कतिपय कैदीबन्दीलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपयलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् । कतिपय आफैँ फिर्ता भएर कारागार पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *