काठमाडौं । । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गर्दै वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार उद्योगी एव व्यवसायी नरेशलाल श्रेष्ठ नेतृत्वको समूहले औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेको छ ।
बिहीबार १२ बजेर १५ मिनेटको शुभ साईतमा कुलेश्वरस्थित हनुमान मन्दिरमा पुजा गरे पश्चात नेपाल उद्योग बाणिज्य महासघको कार्यलयमा पुगेर श्रेष्ठ समुहले उमेदवारी दर्ता गरेको हो । आगामी चैत २९ र ३० गते काठमाडौंमा हुने महासंघको अधिवेशनले दुई वर्षको लागि नयाँ कार्यसमित चयन गर्नेछ ।
उक्त समुहमा निर्वाचनका लागि उपाध्यक्षसहित १७ सदस्यीय टोली रहेको छ । श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फ उपाध्यक्षमा कमला श्रेष्ठ रहेकी छिन् ।यसैगरी सदस्यहरुमा संघको तर्फबाट कमला श्रेष्ठ, भक्तबहादूर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारीले उम्मेदवारी दिएका छन्।
यस्तै महासंघकातर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरुमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली रहेका छन् ।वस्तुगतफर्तको सबै क्षेत्रलाई समावेश गरेर समूह बनाइएको श्रेष्ठ समूह सबैभन्दा शसक्त र वलियो भएको बुझिएको छ ।
समूहमा कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आइटी, घरजग्गा व्यवसाय, जलविद्युत्लगायत सबै जसो क्षेत्रलाई समावेश गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया