एमालेको दशौँ महाविधेशनले ओलीलाई सर्वाधिकार सम्पन्न अध्यक्षको रुपमा निर्वाचित गर्यो । हुन त सबैभन्दा लोकतान्त्रिक भनेर दावा गर्ने पार्टीका कतिपय महाधिवेशन गतिविधिहरू स्वयंमा अलोकतान्त्रिक आचरणका भएका नदेखिएका पनि होइनन् । त्यसको कटाक्षमा महाधिवेशनलाई ओलिवेशन, वा–धिवेशन भनेर सम्वोधन गर्नेहरू बाक्लै थिए । यद्यपि महाधिवेशनले ओलीलाई अझ सशक्त, अनिवार्य र स्वीकार्य नेतृत्वको रुपमा पार्टी पंक्तिभित्र स्थापित गरेको छ । दशौँ महाधिवेशनले यस्तो अपार सफलता दिनुभन्दा केही पहिले देशको राष्ट्रिय राजनीति उनलाई अलिक अशुभ भएको थियो ।

प्रतिक्रिया