काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३,३०७ मतसहित निर्वाचित भएका हुन् ।
नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत ल्याएका छन् । रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन् ।विक्रम सम्वत २०५० साल बैशाख २७ गते मुस्ताङ थासाङ गाउँपालिका कालोपानीमा जन्मिएका योगेश गौचन थकाली नेपाली काँग्रेसको साविक लेते गाउँपालिकाका सभापति, जिल्ला सदस्य हुँदै हाल कांग्रेस गण्डकी प्रदेश सदस्य र काँग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।

प्रतिक्रिया