ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीचको भेटवार्ता

काठमाण्डौं, मंसिर १५ गते ।

ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीचको भेटवार्ता भएको छ ।

आइतबार साँझ भेटवार्ताको तस्बिर मन्त्री घिसिङले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनले तस्बिर राखेर स्टाटस्मा भनेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको थियो । कुलमानको संरक्षणमा दर्ता भएको उज्यालो नेपाल पार्टी पनि एकताका लागि रास्वपासँग निरन्तर संवादमा छ ।

मेयर शाह यस एकताको लागि भित्रीरुपमा लागेको तथ्यहरु यस अघि नै बाहिरीएको थियो । यसै सन्दर्भमा कुलमान र बालेनको भेटलाई भएको हुन सक्ने हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *