काठमाण्डौं, मंसिर १४ गते ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार जेनजी आन्दोलनमा सहिद भएकाको परिवारसँग छलफल गरेकी छन् ।
सिंहदरबारमा भएको भेटमा सहिद परिवारका प्रतिनिधिमण्डलले आन्दोलनको म्यान्डेट अनुरूप सरकारले गरेका कार्यहरू र आफ्ना मागहरूबारे जिज्ञासा राखेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भोजविक्रम थापाको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले चुनावको कुरा मात्र नभई भ्रष्टाचारविरुद्ध कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा राखेको थियो । उनीहरूले यसअघि सरकारसमक्ष पेस गरिएका १४ बुँदे मागहरू तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै अन्यथा पुनः आन्दोलनमा जान सक्ने चेतावनीसमेत दिएका सचिवालयले जनाएको छ ।
छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायत पनि उपस्थिति थिए ।
सचिवालयका अनुसार प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले जेनजी आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागहरूप्रति सरकार गम्भीर र इमानदार रहेको बताएकी छन् । सरकारले सहिद परिवारका मागहरूलाई सम्बोधन गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया