वैकल्पिक शक्तिको रूपमा उभ्याउँदै आएका रास्वपा र विवेशकील साझा पार्टीबीच आइतबार एकीकरण हुँदैछ ।

काठमाण्डौं, मंसिर १३ गते ।

वैकल्पिक शक्तिको रूपमा उभ्याउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) र विवेशकील साझा पार्टीबीच आइतबार एकीकरण हुँदैछ । जेनजी आन्दोलनले दल गठन, एकता, विलय हुने क्रम ह्वात्तै बढ्यो । यसै क्रममा वैकल्पिक शक्तिहरूको एकता वा संवादका लागि ती दलहरूले कार्यदल गठन गरेर संवाद सुरु गरेको थियो ।

एकले अर्कालाई मित्र शक्तिको रुपमा परिभाषित गरेसँगै एकताका लागि दुबै पक्ष सकारात्मक बनेको दुबै दलका नेताहरूले जानकारी गराएका छन् । १३ वर्षअघि अभियानबाट सुरु भई दल बनेको विवेकशील साझाले ४० महिना अघि जन्मिएको रास्वपासँग एकता गर्ने भएको छ ।

गत जेठको १८ गते विवेकशील साझाले संस्थापक उज्ज्वलको स्मृतिमा राखेको कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल सहभागी थिए ।

अर्यालले लिखित मन्तव्यमा विवेकशील साझासँग एकीकरणको प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई विवेकशील साझाले सकरात्मक प्रस्तावका रूपमा ग्रहण ग¥यो । दुई दल थप नजिक बनाउने अर्को जग विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले निर्माण गरे संगै एकताको ढोका खुलेको छ ।

विवेकशील साझा पार्टीका उपाध्यक्ष एवं उक्त दलका वार्ता टोलीका संयोजक परियारका अनुसार पाँच चरणमा दुई पक्षमा संवाद गरेर एकताको टुंगो लागेको हो । रास्वपाबाट संवादमा उपसभापति स्वर्णिम, सहमहामन्त्री विपीन आचार्य र नेता शिशिर खनाल संलग्न थिए । विवेकशील साझाबाट उपाध्यक्ष परियार र महासचिव रञ्जु दर्शना सहभागी थिए ।

उपाध्यक्ष परियारका अनुसार उक्त बैठकमा ३५ मध्ये २५ जना केन्द्रीय सदस्य सहभागी थिए । बैठकमा ६ जना भर्चुअल सहभागी थिए ।

साथै, तीन जनाले लिखित सहमति गरेर एकताको पक्षमा उभिएका थिए । उक्त बैठकले वैकल्पिक राजनीतिक दलबीचमा ‘वृहत्तर ध्रुवीकरण÷ एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको थियो । ‘सर्वसम्मत रूपमा एकताको निर्णय गरिएको हो । एकतामा असहमति राख्ने कोही हुनुहुन्न,’ परियारले भने ।

दुई दलको एकीकरणको घोषणा सभा मंसिर १४ गते (आइतबार) गर्ने टुंगो लागेको छ । पार्टीको नाम, चुनाव चिन्ह, नेतृत्व लगायतमा निसर्त विवेकशील साझाले स्वीकारेको छ ।

विवेकशील अभियानलाई विर्सजन गर्ने गरी पार्टी विलय गराएको आरोप लागेपछि उक्त दलले स्पष्टीकरण दिएको छ । दुई दलमा एकता हुँदा संस्थापक नेता उज्ज्वलको अभियान थप वृहत्तर बनाउन मद्दत पुगेको परियार दाबी गर्छन् ।

विवेकशील साझा पार्टी रास्वपासँग एकीकरण गर्ने निर्णयप्रति असन्तुष्ट हुने नेताहरू पनि उक्त दलमा छन् ।

विवेकशील साझाका बागमती प्रदेशका पूर्व सांसद रमेश पौडेल, नेता आशुतोष तिवारी लगायत एकताको पक्षमा देखिएका देखिएका छैनन् ।

‘एकताका लागि जाने साथीहरूलाई शुभकामना छ । विवेकशील अभियान भने मर्ने छैन,’ पौडेलले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *