राखेपका उपाध्यक्ष धुव्र आचार्यलाई हटाउने तयारी

काठमाण्डौं, मंसिर १३ गते ।

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष धुव्र आचार्यलाई हटाउने तयारी गरेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राखेपको उपाध्यक्षमा नियुक्त गरेका आचार्यलाई हटाउने तयारी भएको हो ।

युवा तथा खेलकुद मन्त्रालयका एक अधिकारीका अनुसार आचार्यलाई आगामी मन्त्रीपरिषद् बैठकबाट हटाउने तयारी छ ।

‘उहाँको नियुक्तिमा योग्यता र प्रक्रिया दुवै पुगेको देखिएन । अबको मन्त्रीपरिषद् बैठकले उहाँलाई हटाउनेछ ।’ ती अधिकारीले खेलपाटीसँग भने ।

एमाले निकट मदन भण्डारी स्पोर्ट्स फाउन्डेनका अध्यक्ष रहेका आचार्यलाई ओली नेतृत्वको सरकारले गत वर्ष पुस १६ गते मन्त्रीपरिषद् बैठकबाट उपाध्यक्षमा नियुक्त गरेको थियो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा (२)को खण्ड (ख)मा खेलकुद क्षेत्रमा विशिष्ट योगदान पुर्याएको ब्यक्तिहरुबाट सरकारले मनोनयन गरेको एक जना उपाध्यक्ष रहने व्यवस्था छ ।

तर सार्वजनीक संस्थानमा पदाधिकारी मनोनयन गर्नका लागि कम्तिमा पनि स्नातक तह उत्तिर्ण हुनुपर्ने सर्वोच्च अदालतको परमादेशविपरित तत्कालिन सरकारले आचार्यलाई उपाध्यक्ष मनोनयन गरेको भन्दै वर्तमान सरकारले सो निर्णयलाई सच्चाउन खोजेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *