नेपाल प्रहरीको महानिरीक्षकमा वरिष्ठत् एआईजी दानबहादुर कार्की नियुक्त

Gantabya News

२५ कार्तिक २०८२, सोमबार

काठमाण्डौं, कार्तिक २४ गते ।

नेपाल प्रहरीको महानिरीक्षकमा वरिष्ठत् एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठक बिदा भएका चन्द्रकुवेर खापुङको स्थानमा कार्कीलाई आईजीपी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए ।

कार्की अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन् । खरेलका अनुसार प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने छन्।

त्यसअगाडि नै सरकारले कार्कीलाई नयाँ आईजीपी नियुक्त गरेको हो। नयाँ आईजीपीका लागि कार्कीसहित डा. मनोज केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह पनि दौडमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *