नेपाल पुलिस क्लब झापा महिला गोल्डकपको च्याम्पियन बनेको छ ।

Gantabya News

२५ कार्तिक २०८२, सोमबार

काठमाण्डौं, कार्तिक २४ गते ।

विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबविरुद्ध १-० को जित निकाल्दै नेपाल पुलिस क्लब झापा महिला गोल्डकपको च्याम्पियन बनेको छ ।

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सोमबार सम्पन्न फाइनलमा मीना देउवाले गरेको एकमात्र गोल पुलिलाई जित दिलाउन पर्याप्त बन्यो । खेलको २२औं मिनेटमा रेखा पौडेको प्रहारलाई एपिएफका रक्षकले बचाए पनि रिबाउन्डलाई मीनाले सहजै पोस्टको दिशा दिइन् ।

प्रतियोगिताको विजेता पुलिसले १० लाख १० हजार तथा उपविजेता एपिएफले ५ लाख रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *