काठमाण्डौं, कार्तिक २१ गते ।
नेपाली महिला फुटबलको लोकप्रियता लोभलाग्दो रहेको छ । महिला फुटबल प्रतियोगितामा राष्ट्रिय खेलाडीसहितको प्रतिस्पर्धा खेल हर्ने दर्शकको बाक्लो उपस्थिति रहने गरेको छ ।
हाल जारी रहेको झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा दर्शकको उपस्थिति निकै ठुलो संख्यामा भइरहेको छ । नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबसहित प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।
क्वार्टरफाइनलका ४ खेल सकिँदा टिकट बिक्रीबाट ११ लाख ४४ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले जनाएको छ । प्रतियोगितामा स्थानीय तथा आसपासका जिल्लाबाट दर्शकहरुको उपस्थिति रहेको छ ।
३ विभागीयसहित संकटा क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा पुगेका छन् । प्रतियागिताको टिकट दर साधारणतर्फ १ सय र २ सय तथा भिआइपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया