दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुन १ देखि ७ सम्म हुने भएको छ ।

काठमाडौं, कार्तिक १९ गते ।

दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुन १ देखि ७ सम्म हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

गत वर्ष मंसिरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको मिति तीनपटकसम्म सारिँदै स्थगित भएको थियो जसका कारण गत आर्थिक वर्षमा प्रतियोगितन नहुने निश्चित भएको थियो ।

नयाँ खेलकुदमन्त्री बब्लु गुप्ता नियुक्त भएपछि बसेको पहिलो बैठकबाट राष्ट्रिय खेलकुदको मिति तोकिएको हो ।

त्यस्तै लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल संघलाई ३ महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल संघ आफैले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल संघले वैदेशिक भ्रमण सम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्न निर्देशन दिनेलगायतको निर्णय गरेको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सहजीकरण गरेको बैठकमा राखेपका उपाध्यक्ष ध्रव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *