सहरी विकास मन्त्री कुलमान घिसिङसहितको उच्चस्तरीय टोली बन्चरेडाडा ल्यान्डफिल साइट अवलोकन र वार्ताको लागि जादै

Gantabya News

१७ कार्तिक २०८२, आईतवार

काठमाडौं, कार्तिक १६ गते ।

सहरी विकास मन्त्री कुलमान घिसिङसहितको उच्चस्तरीय टोली आज बिहान बन्चरेडाडा ल्यान्डफिल साइट जादै । बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीय निकायका प्रमुख र स्थानीयसंग बन्चरेडाडा ल्यान्डफिल साइटमा देखिएको समस्याको दीर्घकालीन समस्या समाधान गर्न मन्त्री घिसिङ जाने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा मन्त्री घिसिङ, सहरी मन्त्रालयका सचिव गोपाल सिग्देल, कामपाका प्रमुख प्रसाशकीय अधिकृत सरोज गुरागाईँ, कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईसहित सुरक्षा निकायको टोली ल्यान्डफिल साइट जाने जनाएको छ ।

शुक्रवार सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलको आग्रहमा बसेको बैठक भनाभनमै सकिएको थियो । आक्रोशित स्थानीयले सचिव वा अन्य कोहीसँग पनि वार्ता नहुने बताएका थिए । स्थानीयको मागका आधारमा मन्त्री घिसिङसहितको टोली ल्यान्डफिल साइट अवलोकन र वार्ता गर्न जाने भएका हुन् ।

उच्च स्रोतका अनुसार ल्याल्डफिल साइटमै धुनिबेसी नगरपालिका, ककनी र बेलकोटगढी गाउँपालिकाका प्रमुख, जनप्रतिनिधि र स्थानीय आन्दोलनरत जनताबीच वार्ता हुनेछ । वार्तापछि मात्र फोहोर खसाल्न दिने कि नदिने भन्ने विषयमा निर्णय हुनेछ । बुधबारबाट फोहोर उठन नसकेपछि राजधानी लगायत १८ स्थानीय निकायको फोहोर सडकमै थुप्रिन थालेको छ । आज हुने वार्ताले सही निष्कर्ष निकाल्ने विश्वास दुवै पक्षको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *