काठमाडौं, कार्तिक १५गते ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्ग लगातार तेस्रो हार बेहोरेको छ ।
शनिबार भएको तेस्रो खेलमा अमेरिकाले नेपाललाई ४ विकेटले पराजित गरेको हो । योसँगै शीर्ष स्थानको अमेरिकाले २३ खेलबाट ३४ अंक पु¥याएको छ । १९ खेल खेलेको नेपाल १२ अंकसहित सातौं स्थानमा यथावत छ ।
नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले अन्तिम ६ बल बाँकी रहँदा ६ विकेट गुमाएर २७३ रन बनायो।
अमेरिकालाई जित दिलान शैताजा मुक्कामल्लले सर्वाधिक ७५ रन बनाए। १०१ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे।
टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको थियो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन बनाए। ६७ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे । करण केसीले ३१ बलमा २ चौका र ३ छक्कासहित ४९ रनको इनिङ्स खेले ।
ओपनर कुशल भुर्तेल ४७, भीम सार्की ४३ र कप्तान रोहितकुमार पौडेल ३६ रनमा आउट भएको थियो ।

प्रतिक्रिया