जेनजी आन्दोलनमा प्रहरी कार्यलय सुरक्षा जिम्मेवार प्रहरीमाथि कारबाहीको तयारी गरेको छ ।

Gantabya News

१३ कार्तिक २०८२, बुधबार

काठमाडौं, कार्तिक १२ गते

सरकारले प्रहरी विशेष अदालतको स्थापना गरी जेनजी आन्दोलनमा प्रहरी कार्यालय असुरक्षित हुने, हातहतियार लुटिने र स्वयं प्रहरी कर्मचारीको मृत्यु हुने स्थितिका जिम्मेवार प्रहरीमाथि कारबाहीको तयारी गरेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार ३ तहको प्रहरी अदालत गठन गरेर पदाधिकारी तोकिनेछ । सरकारले गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न र दोषीलाई कारवाही सिफारिस गर्नका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको आयोग गठन गरेको छ ।

उक्त आयोगले प्रहरीले फौजदारी कसुरसहित उसले गर्नुपर्ने कामहरुमा कुनै बाधा नभएको जनाएको थियो । अदालत हप्ता–दश दिनभित्रै गठन गर्ने गरी आन्तरिक तयारी भइरहेको स्रोतले बताएको हो ।

नेपाल प्रहरी ऐन– २०१२ को दफा ३६ ले गरेको व्यवस्था अनुसार प्रहरी विशेष अदालतको स्थापना हुन लागेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *