काठमाडौं – एएफसी एसियन कप २०२७ छनोट खेलबाट नेपाल बहिरीए पछी भियतानम पुगेका नेपाली राष्ट्रिय फुटबल टिम बिहीबार स्वदेश फर्किने भएको छ ।
समूह ‘एफ’ को पहिलो लेगमा पनि भियतनामले नेपाललाई ३–१ ले हराएको थियो । सोमबार राति भएको दोस्रो लेगमा घरेलु टोली भियतनामसँग १–० ले पराजित भएको थियो । पहिलो खेलदेखि नै संघर्षरत नेपाली टोलीले अहिलेसम्म समूह चरणका सबै खेल गुमाएको छ । जसमा दुई गोल गर्दा आठ गोल खाएको छ ।
यससँगै नेपाल अंकविहीन अवस्थामा समूहको अन्तिममा छ । भियतनामले भने ९ अंक जोड्दै दोस्रो स्थानमा छ । मलेसिया शतप्रतिशत जित निकाल्दै १२ अंकसहित शीर्ष स्थानमा छ । लाओस ३ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया