काठमाडौं – कुशल भुर्तेलको सानदार ब्याटिङ र गुलशन झाको उत्कृष्ट बलिङले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको उपाधिनजिक पुगेको छ ।
बुधबार सम्पन्न सुपर सिक्सको तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै योसँगै नेपालले ४ खेलबाट ८ अंक जोडन सफल भएको छ ।
नेपालले समूह चरणबाटै २ अंक प्राप्त गरेको थियो । सुपर सिक्समा यूएई, कतार र ओमानलाई हराउदै सिर्श स्थानमा पुगेको छ ।
समान खेलमा ६ अंक रहेको ओमान दोस्रो स्थानमा झरेको छ । तथापी यी दुई टोली विश्वकपमा पुगिसकेका छन् । अब ओमानले जापान र नेपालले समोअसँग खेल्नेछ ।
नेपालले जितका लागि ओमानलाई १५२ रनको लक्ष्य दिएको थियो । भने ओमानले ९ विकेट गुमाउँदै ११३ रन मात्र बनाएको थियो ।

प्रतिक्रिया