‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन –‘प्रचण्ड’

Gantabya News

३० आश्विन २०८२, बिहीबार

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका नेतृत्व परिवर्तन भए एकता सम्भावना रहेको बताएका छन् ।

धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुरा गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए ।

‘अबको माओवादीको लाइन चुनाव हो’, उनले भने, ‘तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलसँग एकता प्रक्रिया अघि बढ्छ ।’

एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन । तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।’

कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकतासँग छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए ।

‘अहिले मेरो जेन–जी युवासँग पनि छ्लफल भइरहेको छ । युवाहरूले माओवादी सही रहेछ भन्ने भुझ्नु भएको छ’, उनले भने ।

उक्त भेटघाटमा उनले नेताकार्यकर्ताहरूलाई आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा लाग्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *