काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको तेस्रो खेल आज नेपालले ओमानसँग खेल्ने छ । विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल सोमबार राति ८ः४५ बजे सुरु हुनेछ ।
सुपर सिक्समा यूएईलाई १ रन र कतारलाई पाँच रनले हराएको नेपालले आज ओमानलाई पराजित गरे टी–२० विश्वकपमा छनोट हुनेछ । नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्नेछ ।
सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकप खेल्नेछन्।

सुपर सिक्सको तालिकामा ओमान र नेपालको समान ६–६ अंक छ। रनरेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। दुई अंक जोडेका यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन्। कतार र सामाओ भने अंकबिहीन छन्।

प्रतिक्रिया