नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट ३ दिन सम्म चल्ने

काठमाडौं – जेनजी आन्दोलनपछिको नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ । बैठक तीनदिनसम्म चल्ने यस बैठक लितपुरको भनिमण्डलस्थित रामबाघ महलमा हुने छ ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रतिवेदनमा समसामयिक राजनीति, जेनजी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पत्तीको तोडफोड आदि विषयमा साथै अलोकतान्त्रिक ढंगले अन्तरिम सरकारको गठन, असंवैधानिक ढंगले संसदको विघठन र यसका असरका बारेमा पनि प्रतिवेदनमा समेटिने छन् ।

गौतमका अनुसार यस बैठकले पार्टीको आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने छ । नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्ने छ । यसैगरी लोकतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्नेछ ।

बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यलय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *