आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको वार्म अप खेलमा नेपालीको दोस्रो जित

२० असोज, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो वार्म अप खेलमा नेपाली क्रिकेट टोलीले जित हासिल गरेको छ । सोमबार बेलुका सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले हराएको हो ।

टस जीतेर ब्याटिङ गरेको नेपालले १७१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

मुहम्मद तनभिरले ५१ तथा कप्तान मिर्जा बेगले ४० रन बनाए । नेपालका करण केसीले ३ तथा नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १–१ विकेट लिए ।

नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । ओपनर कुशल भुर्तेलले ३३ बलमा ५६ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३८ तथा कुशल मल्लले अविजित ३८ रन बनाए ।

कतारका मुनिर साद र इक्रमुल्लाह खानले २–२ विकेट लिँदा आरिफ उल्लाह र मुजीब उर रेहमानले १–१ विकेट लिए ।

यसअघि नेपालले पहिलो वार्म अप खेलमा ओमानलाई हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *