नेपालले ओमान बिरुद्ध ६ विकेटले जीतदर्ता

काठमाडौं । नेपाली क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको वार्म अप खेलमा ओमान बिरुद्ध जीत हासिल गरेको छ ।

गएराति भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले जीतेको हो । ओमानले दिएको १११ रनको लक्ष्य नेपालले १७ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले २५ रन बनाए । कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्ल १० रनमा अविजित रहे ।

नेपालले अर्को वार्म अप खेलमा भोलि कतारसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *