नेपालले अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेल ६ विकेटले जीत्यो


काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा पहिलो जीत हासिल गरेको छ । मलेसियाले दिइको ९२ रनको लक्ष्यलाई १६.२ ओभरमा ३ विकेटको क्षेतिमा ९३ रन ल्याएर जीतेको हो ।

मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिमले २० ओभरमा चार विकेटको क्षतिमा ९१ रन बनाएको थियो । मलेसियाको लागि ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन् । ६३ बलको सामना गर्दै उनले ५० रन बनाएकी हुन् ।

नेपालले पहिलो ओभरमा नै २ विकेट गुमाए पछि पुजा महतोले ३९ बलमा ३९ रन लिदै नेपाललाई जीतमा योग्दान गरेको थिइन् । क्याप्टेन इन्दु बर्माले नटआउट रहदै २१ बलमा २७ रन जोडेकी थिइन् ।

पहिलो खेलमा नेपालले मलेसिया संग पराजीत भएको थियो । यो खेलमा नेपालले ६ विकेटले जीत संगै यस शृङ्खलामा १/१ बराबरीको गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *