दोस्रो मेरीङ्देन कप २०८२ को उपाधि किर्तिपुर एफसिलाई

काठमाण्डौं – हातेमालो मल्टि इन्भेष्टमेन्ट प्रालीको आयोजनामा भएको दोस्रो मेरीङ्देन कप २०८२ को उपाधि किर्तिपुर एफसिले जितेको छ । फाइनल खेलमा कोशेली एफसिलाई ६–२ को गोल अन्तरले पराजीत गरि उपाधि हात पारेको हो ।

इम्पायर “एफसि बि” मेरीङ्देन एफसि रातो, रोयल एफसि, गन्तव्य एफसि, कोशेली एफसि ए, क्रितिपुर एफसि २, मेरीङ्देन एफसि कालो र साँवा एफसि पोल “ए” मा खेलेको थियो ।
भने पोल “बि” मा मेरीङ्देन एफसि सेतो, केटाकेटी युवा एफसि, किर्तिपुर एफसि १, कोशेली एफसि बि, मेरीङ्देन एफसि पहेलो, टिम रेसा एफसि र इम्पायर एफसि ए ले खेलेको थियो । यस प्रतियोगिताको सम्पुर्ण खेल नकआउट चरणमा भएको थियो ।

नकआउट चरणको “पोल ए” को खेलमा मेरीङ्देन रातोलाई इम्पाइर एफसिले ४–१ ले पराजीत गरेको थियो । रोयल एफसि र गन्तब्य एफसिको फुल टाइममा १–१ को बराबरी भएको थियो । नतिजाको लागि रोयल एफसि र गन्तब्य एफसि बिचको पेनाल्टि सुटआउटमा २–३ को गोल अन्तरले रोयल एफसिले जीत दर्ता गरेको थियो । कोशेली एफसि ए ले ६ गोल र किर्तिपुर एफसि २ ले २ गोल गर्दै कोशेली एफसिले फराकिलो जीत दर्ता गराएको थियो । यस्तै मेरीङ्देन एफसि कालो र साँबा एफसि बिचको खेलमा १–३ गोल स्कोरले साँबा एफसिले अर्को चरणमा क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।

“पोल बि” मा मेरीङ्देन सेतोलाई केटाकेटी एफसिले २–१ गोलले जीतेको थियो । किर्तिपुर एफसि १ र कोशेली एफसि बि को खेलमा किर्तिपुरले ४ र कोशेलीको २ गोल गरेको थियो । मेरीङ्देन एफसि पहेलोले रसा टिमलाई ४–२ गोल स्कोर बनाउदै जीत दर्ता गराएको थियो ।

यस्तै क्वाटरफाइनलमा “पोल ए” को इम्पायर एफसि र रोयल एफसिको खेलमा निर्धारीत समयमा १–१ गोलको बराबरी खेले पछि पेनाल्टि सुटआउटमा २–१ गोलले इम्पाइर एफसिले जीत निकालेको थियो । कोशेली एफसि ए ले २ गोल र साँबा १ गोल गर्दै कोशेलीले सेमिफाइनलको यात्रा तय गरेको थियो ।

क्वाटरफाइनलमा “पोल बि” बाट केटाकेटी एफसिलाई पेनाल्टि सुटआउटमा किर्तिपुर एफसिले ३–१ गोलले पराजीत गरेको थियो । मेरीङ्देन एफसि पहेलोलााई इम्पाइर एफसि ए ले ५–२ गोल स्कोरले हराएको थियो ।

सेमिफाइनलमा कोशेली एफसि ए ले इम्पायर एफसिलाई ६–० को फराकिले जीत निकाल्दै फाइनल प्रवेश गरेको थियो भने किर्तिपुर एफसि १ ले इम्पायर एफसि ए लाई ५–४ गोल स्कोर बनाउदै फाइनल पुगेको थियो ।

समुह चरणको बिजेता बन्दै फाइनलको लागि स्थान बनाएको कोशेली एफसि ए र किर्तिपुर एफसि १ को खेल प्रतिस्पर्धात्मक भए पनि कोशेलीको तर्फबाट कम्जोर फिनिसिङको कारण लज्जास्पद हार बेहोर्नु परेको थियो । फाइनलमा किर्तिपुरको ६ गोल गरेको थियो भने कोशेलीले २ गोलमा चित्त बुझाउनु परेको थियो ।

विजेता किर्तिपुर एफसि १ ले रू १५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र साथै उपविजेताले कोशेली एफसि ए ले रू १० हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । भने किर्तिपुर एफसि १ को रोशन लामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडी इम्पायर एफसि ए को दावा लामाले ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

सामाजीक सद्भाव सहितको युवा एकता मुल नाराको साथ ललितपुर स्थित केसीज फुटसल ग्राउण्डमा बिहान ९ः३० बजेबाट सञ्चालन भएको थियो ।

हातेमालो मल्टि इन्भेष्टमेन्ट प्रा.लि. ले काठमाडौंमा रहेर विभिन्न सामाजीक कार्यहरु गर्दै आएको छ । मेरिङ्देन कप फुटसल प्रतियोगिता संस्करण प्रत्येक बर्ष सञ्चालन हुने अध्यक्ष तुम्बाहाङ्फेले जानकारी गराए । मेरीङ्देन–६ नाल्बूमा पुस्तकालय बिस्तारको लागि प्रत्येक बर्ष पुस्तकहरु संकलन गरि सहयोग गर्ने उद्देश्य रहेको प्रालीका सचिव कृष्ण राज लिम्बुले बताएका छन् ।

तेस्रो मेरिङ्देन कप फुटसल प्रतियोगिता २०८३ अझ बृहतरुपमा संचालन गर्ने जानकारी गराउदै पुरस्कार राशी पनि बृद्वि गर्ने बताए । यस प्रतियोगितालाई सफल पार्न आर्थिक तथा विभिन्न तवरले सहयोग गर्ने ब्यक्ति तथा ब्यवसायी साथै सहभागी टिमहरुलाई संस्थाका अध्यक्ष भरत कुमार तुम्बाहाङ्फेले धन्यवाद ज्ञापन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *