ट्रम्प र नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत बिपिन जोशी पनि अपहरण मुक्त हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएका छन् । सोमबार राति वासिङटनमा आयोजित पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएका हुन् ।

युद्धविरामका लागि ट्रम्पले युद्धविरामका लागि २० बुँदे योजना सार्वजनिक गरेका छन् । ट्रम्पले भने, ‘यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिनेछ ।’

पत्रकार सम्मेलनमा ट्रम्पले दिएको जानकारी अनुसार, योजनामा गाजामा युद्ध रोक्ने, सबै बन्दीलाई छोड्ने र अस्थायी प्रशासनिक बोर्ड गठन गर्ने प्रस्ताव छ । यस बोर्डको अध्यक्षता ट्रम्प स्वयं गर्नेछन्, जसमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरसहित अन्य देशका प्रतिनिधि रहनेछन् ।

यस सहमतीको पश्चात हराई रहेका नेपाली बिद्यार्थी बिपिन जोशी पनि अपहरण मुक्त हुने भएको छ । ७ अक्टोबर २०२३ मा इजरायलको किब्बुज आलुमिममा हमासद्वारा भएको हमलाको क्रममा बिपिन जोशी अपहरण परेका थिए । उनी इजरायल सरकारद्वारा पुष्टि गरिएका बन्धकमध्ये एक हुन् र अहिलेसम्म हमासको नियन्त्रणमा गाजामा रहेका छन् । जोशी त्यहा कृषि बिषयको अध्यान गर्ने गएका थिए ।

‘गाजामा शान्तिपूर्ण प्रशासन हुनेछ, हमासका सबै हतियार हटाइनेछन् र इजरायल क्रमशः पछि हट्नेछ । सजिलो वा कठिन जुनसुकै बाटोबाट भए पनि यो कार्य सम्पन्न हुनेछ, हमासले मानेन भने इजरायल आफैं पूरा गर्नेछ नेतान्याहुले भने ।’

तर हमासले भने आफूहरूलाई औपचारिक प्रस्ताव प्राप्त नभएको र हतियार नछाड्ने स्पष्ट पारेको छ । युद्धविरामका लागि चालिएको कदमको प्यालेस्टिनी सरकारले भने ट्रम्पको योजनाको स्वागत गरेको छ ।

२० बुँदामा यस प्रकार छ ।

१. तत्काल युद्ध रोक्ने – यो सहमति भएसँऊै गाजामा युद्ध तुरुन्त अन्त्य हुनेछ ।

२. इजरायलको फिर्ती – सहमति अनुसार इजरायली सेना क्रमशः गाजाबाट फिर्ता गरिनेछ ।

३. बन्दीमुक्ति – हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी (जिउँदा वा मृत) छोड्नुपर्नेछ ।

४. कैदी मुक्त – युद्धपछि इजरायलले २५० आजीवन कारावासी र १७०० अन्य कैदीलाई मुक्त गर्नेछ ।

५. शव आदान–प्रदान – प्रत्येक मृत इजरायली बन्दीको सट्टा १५ गाजावासीको शव फिर्ता दिइनेछ ।

६. गाजालाई आतंकमुक्त बनाउने – सबै आतङ्कवादी आधार र हतियार हटाइनेछ ।

७. हमास प्रशासनमा होइन – हमास र अन्य ‘आतङ्कवादी’ले गाजाको सरकारले भाग लिन पाउने छैनन् ।

८. अस्थायी प्रशासन समिति – योग्य व्यक्तिहरूको प्राविधिक समिति गठन हुनेछ ।

९. शान्ति बोर्ड – अमेरिकी राष्ट्रपति ट्रम्पको अध्यक्षतामा टोनी ब्लेयरसहितको अन्तर्राष्ट्रिय बोर्ड बन्नेछ ।

१०. पुनर्निर्माण योजना – गाजाको विकासका लागि योजना बनाइनेछ र खर्च बोर्डले व्यहोर्नेछ ।

११. मानवीय सहायता – तत्काल पर्याप्त सहयोग पु¥याइनेछ ।

१२. विशेष व्यापार क्षेत्र – रोजगारी बढाउन गाजामा व्यापारिक क्षेत्र स्थापना गरिनेछ ।

१३. जनताको स्वतन्त्रता – गाजा छोड्न वा फर्किन कसैलाई बाध्य पारिनेछैन ।

१४. सुरक्षा बल – अन्तर्राष्ट्रिय सुरक्षा बलले गाजामा शान्ति कायम गर्नेछ ।

१५. पुलिस तालिम – उक्त सुरक्षा बलले गाजा प्रहरीले प्रशिक्षण पाउनेछ ।

१६. सीमा सुरक्षा – इजरायल र मिस्रबीचको सीमा सुरक्षा कडा पारिनेछ ।

१७. लडाइँ बन्द – युद्ध समाप्त नभएसम्म हवाई आक्रमण र तोपबारी रोकिनेछ ।

१८. मानवअधिकार – अन्तर्राष्ट्रिय संस्थाले सहयोग र सुरक्षाको निगरानी गर्नेछन् ।

१९. शान्ति वार्ता – इजरायल र प्यालेस्टाइनबीच वार्ता सुरु गरिनेछ ।

२०. भविष्य योजना – स्थायी शान्ति, विकास र राम्रो जीवन सुनिश्चित गर्ने उद्देश्य रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *