काठमाडौं । चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई आइतबार भ्रष्टाचार गरेको कारण मृत्युदण्डको सजाय सुनाइएको छ ।
ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नगद र सम्पत्ति घुसस्वरूप लिएको चीनको समाचार एजेन्सी सिन्ह्वाले बताएको छ ।
यद्यपि, उनलाई दुई वर्षको समयावधि दिइएको छ । अदालतले आफ्नो फैसलामा ताङलाई उनका राजनीतिक अधिकारहरूबाट वञ्चित गरेको छ । अदालतले ताङको सम्पूर्ण सम्पत्ति जफत गरिने र घुसमार्फत संकलन गरिएको सम्पत्ति राष्ट्रकोषमा जम्मा गरिने उल्लेख गरेको छ ।
ताङले आफ्ना अपराध स्वीकार गरेका छन् र पश्चाताप पनि गरेका छन् । अदालतका अनुसार, यस घुसप्रकरणले देश र जनताको हितमा ठूलो क्षति पु¥याएकोले ताङलाई मृत्युदण्ड दिइएको हो ।
यो सजायलाई राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरुद्धको अभियानलाई दुई किसिमको धारणा छ । सी जिनपिङका समर्थकहरूले यो अभियानले स्वच्छ शासनलाई प्रोत्साहन दिन्छ भनेका छन् । आलोचकहरू यसलाई सीले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने हतियारका रूपमा प्रयोग गरिरहेको बताएका छन् ।

प्रतिक्रिया