काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पनि जेनजी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका छन् । सेप्टेम्बर २७ मा राजधानी लिमामा हजारौं युवाले राष्ट्रपति दीना बोलुआर्तेविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्जसँगै अश्रुग्यास प्रहार गरेको छ भने जेनजीहरुले ढुंगा प्रहार गरेका छन् । प्रदर्शनकारीहरुले विरोधमा आगजनी गरेका छन् ।
आन्दोलन सेप्टेम्बर २० मा पेन्सन प्रणालीमा गरिएका परिवर्तनपछि सुरु भएको हो । नयाँ नियमअनुसार, पेरूमा १८ वर्ष पूरा गरेका हरेक व्यक्तिले कुनै न कुनै पेन्सन कम्पनी÷संस्थासँग जोडिनै पर्ने हुन्छ । यसबाहेक, राष्ट्रपति बोलुआर्ते र संसदविरुद्ध लामो समयदेखि असन्तुष्टि बढिरहेको छ ।
जेनजीले यस आन्दोलनका लागि जापानी एनिमे वन पिसको क्यारेक्टर ‘लूफी’लाई आफ्नो आदर्श बनाएका छन्। यो क्यारेक्टर न्यायका लागि लड्ने पात्र हो ।

प्रतिक्रिया