नेकपा एमालेको सचिवालय बैठक दिउँसो १ बजेदेखि भक्तपुरको गुन्डुमा बसिरहेको छ ।

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक दिउँसो १ बजेदेखि भक्तपुरको गुन्डुमा बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको डेरा गुन्डुमा जारी सचिवालय बैठकमा नेताहरू दुई खेमामा विभाजीत छन् ।

जेन–जी आन्दोलनको बलमा सत्ताबाट हट्न बाध्य पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले पदबाट राजीनामा दिनुपर्ने पक्ष र विपक्षमा नेताहरूबीच विवाद भइरहेको छ । एमाले सचिवालयका एक नेताका अनुसार ओलीलाई नेताहरूले पद त्यागेर पार्टी पुनर्गठनको ढोका खोल्न दबाब दिएका छन् ।

एमाले सचिवालयका ती नेताका अनुसार अहिलेसम्म सात जनाभन्दा बढी पदाधिकारीले ओलीले अध्यक्ष पदबाट राजीनामा दिएर कार्यवाहक अरूलाई दिनुपर्ने माग गरिरहेका छन् । यति मात्रै होइन, केही नेताहरूले अर्ली महाधिवेशन गरेर पार्टीमा दोस्रो–तेस्रो पुस्ता र युवाहरूको सहभागिता बढाउनुपर्ने पनि आवाज उठाएका छन् ।

आइतबार दिउँसो १ बजे पछाडि बसेको बैठक अहिले पनि जारी रहेको ती पदाधिकारीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *