उपत्यका प्रहरी कार्यालयको गाडीमा खुकुरी हान्ने जेन–जी का कोशी संयोजक’ नभएको पुष्टि

काठमाडौं– जेन–जी कोशी (प्रदेश १) का संयोजक उपार्जन राई चाम्लिङले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नभएको बताएका छन् ।
शुक्रबार खबरहबबाट प्रकाशित ‘उपत्यका प्रहरी कार्यालयको गाडीमा खुकुरी हानिरेहका थिए जेन–जी का कोशी संयोजक’ भन्ने शिर्षकको समाचार प्रकाशित भएको थियो । उक्त समाचारको खण्डन गर्दै संयोजक राईले सामाजिक सञ्जाल फेसबुकमार्फत एक प्रेस विज्ञप्ति जारी गरेका थिए ।

खबरहबबाट प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै जेन–जी आन्दोलनका क्रममा आफु कनै हिंसात्मक गतिविधिमा नरहेको उल्लेख गरेका छन् । उक्त समाचारले आफ्नो व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र पेशागत जीवनमाथि गम्भीर धक्का पु¥याएको भन्दै ध्यानाकार्षण भएको उले विज्ञप्तिमा जनाएको छ ।

‘नेपालको संविधानले प्रत्येक नागरिकलाई मौलिक हकका रूपमा सम्मानपूर्वक बाँच्ने अधिकार, स्वतन्त्रताको उपयोग गर्ने अधिकार र आफ्ना विचार अभिव्यक्त गर्ने अधिकार सुनिश्चित गरेको छ । तर यी अधिकार अरूको प्रतिष्ठा र मर्यादाको हनन गर्ने आधार बन्न सक्दैनन् । सो समाचार निराधार, मनगढन्ते र तथ्यहिन भएकोले म गन्भी आपत्ति प्रकट गर्दै खण्डन गर्दछु विज्ञप्तीमा उनले भनेका छन् ।

राईले विज्ञप्ती जारी गरे पश्चात खवरहवले ‘प्रहरी कार्यलय टोडफोडमा संलग्न थिइन उपार्जन राई’ शिर्षकको समाचार पुणः प्रकाशित गरेको छ । सम्पादकले संग टेलिफोन सम्वादमा गल्ति भएको स्विकारे पनि उक्त समाचारमा भुल सुधार र खण्डन नगरेको बिषयमा असन्तुष्टि भएको कुरा जनाउदै खवरहवको कार्यलय आज दिउसो ३ः३० बजे जाने फेसबुक स्टाटस्मा बताएको छ ।

खबरहबले शुक्रबार प्रहरी स्रोतको सूचनाका आधारमा जेन–जी आन्दोलनका क्रममा उपत्यका प्रहरी कार्यालयको गाडीमा खुकुरी हानिरहेका व्यक्ति जेन–जीका कोशी संयोजक भएको उल्लेख गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *