प्रचण्ड नेकपा माओवादी केन्द्रको अध्यक्षबाट हटेर विशेष महाधिवेशनको संयोजक बने

Gantabya News

१० आश्विन २०८२, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको मंसिरमा विशेष महाधिवेशनमा जाने निर्णय भएको । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा केन्द्रीय कमिटी भंग गरी विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।

शुक्रबार समापन भएको बैठकले केन्द्रीय कमिटी भंग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन भएको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय भएको छ ।

प्रचण्डले केन्द्रीय कमिटी बैठक सफलतापूर्वक सम्पन्न भएको र आफू अब अध्यक्ष नरहेर संयोजकको भूमिकामा रहेको पनि बताए । ‘ केन्द्रीय कमिटी बैठक सफलतापूर्वक सम्पन्न भयो । म अब अध्यक्ष छैन, संयोजक भएँ,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *