पूर्णिमा राईसहित ३५ खेलाडिलाई राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा बोलायो

Gantabya News

१० आश्विन २०८२, शुक्रबार

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा साफ यु–२० महिला च्याम्पियनसिपकी सर्वाधिक गोलकर्ता पूर्णिमा राईसहित ३५ खेलाडिहरुलाई बोलायो ।

शुक्रबार मुख्य प्रशिक्षक नवीन न्यौपानेले भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि यी खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । नेपालले अक्टोबर २६ मा भारतको सिक्किममा एक मैत्रीपूर्ण खेल तय भएको छ ।

बंगलादेशमा भएको साफ यु–२० च्याम्पियनसिपमा पूर्णिमाले सर्वाधिक १० गोल गरेकी थिइन् । उनीसहित सोही टोलीकी गोलकिपर लिला जोशी, तुलसा बोहरा, सेनु परियार, सुक्रिया मिया र मिना देउवालाई पनि प्रशिक्षणमा बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *