काठमाडौं । यही सेप्टेम्बर २७, २९ र ३० तारीख युनिटी कप टी–२० इन्टरनेशनल प्रतियोगितामा पतिस्पर्धा गर्ने भएको छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिजविरुद्ध राम्रो खेल प्रदर्शन प्रि म्याच कन्फेरेन्समा रोहितले यस्तो बताएक छन् ।
‘आफ्नो बेस्ट क्रिकेट खेल्यो भने जित्न सकिन्छ, टिममा सबैजना सकारात्मक हुनुहुन्छ र मनोबल पनि उच्च छ, हामी शृंखला जित्न सक्छौं भन्ने छ’ उनले भनेका छन् । रोहितले यो नेपालको घरेलु शृंखला भएपनि घरेलु मैदानमा नखेलेको हुँदा केही फरक अनुभव हुने बताए । ‘हामी केही दिन यहाँ अभ्यास गरेर युज्ड टु भइसकेका छौं, यहाँको कन्डिशन अनुसार खेल्ने योजना बनाउनेछौं’ उनले भने । रोहितले विश्व क्रिकेटमा राम्रो छाप छाड्न अवसर प्रदान गर्ने उल्लेख गरे । उनले वेस्ट इन्डिज क्रिकेटलाई पनि शृंखलामा खेल्ने यो अवसर दिएकोमा धन्यवाद दिए ।
त्यस्तै वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पनि नेपालको ऐतिहासिक शृंखलाको हिस्सा हुन पाउँदा खुसी लागेको बताउँदै खेलका लागि उत्साहित रहेको बताए । होसेनले टिममा युवा खेलाडीहरू धेरै भएको र सबैजना खेलका लागि तयार रहेको बताए । ‘पेपरमा को कस्तो छ भन्ने कुराले त्यति फरक पार्दैन, जसले राम्रो खेल जित्छ उसले जित्छ’ उनले भने ।
नेपाल र वेस्ट इन्डिजको खेल तालिका
पहिलो खेल – २७ सेप्टेम्बर (११ असोज)– बेलुका ८ः१५
दोस्रो खेल – २९ सेप्टेम्बर (१३ असोज)– बेलुका ८ः१५
तेस्रो खेल – ३० सेप्टेम्बर (१४ असोज)– बेलुका ८ः१५
नेपालको टोली – रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम
वेस्ट इन्डिजको टोली – अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर

प्रतिक्रिया