कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु देउवा राणाले नयाँ पासपोर्ट निकालेको पुष्टि

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाले यही असोज ३ गते, शुक्रबार नयाँ पासपोर्ट निकालेको पुष्टि भएको छ ।

एक उच्च स्रोतका अनुसार उनीहरूले नयाँ पासपोर्ट बनाएर पासपोर्टमा थाइल्यान्डको भिसा पनि लागिसकेको सूचना सरकारले केही दिन अगाडि नै पाइसकेको थियो । भदौ २४ मा बुढानीलकण्ठस्थित देउवाको घर तोडफोड र आगजनी हुँदा उनीहरूको पासपोर्ट जलेको वा हराएको अनुमान गरिएको छ ।

देउवा दम्पती उपचारका लागि कारण देखाएर विदेश जान सक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रलाई सतर्क पनि गराएको थियो । यसैबीच सम्पत्ति शुद्धीकरण विभाग, नेपाल प्रहरीको सिआइबी र राहदानी विभागले उनीहरूको पासपोर्ट रोक्का गर्नेबारे छलफल गरिरहेको स्रोतले बतायो ।

राहदानी ऐन २०७६ को दफा १२ मा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छानबिन गर्न अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का राख्न लेखेर पठाउन सक्नेछ । सम्पत्ति शुद्धीकरण विभागले राहदानी विभागलाई पत्राचार ग¥यो भने उनीहरूको पासपोर्ट रोक्का हुन सक्छ ।

यस अघि नै सम्पत्ति शुद्धीकरण विभागको टोलीले देउवा निवासबाट मुचुल्का उठाएको थियो । देउवा निवासमा पैसा भेटिएको भिडिओहरू सार्वजनिक भएपछि त्यसबारे छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागको टोली मुचुल्का उठाएको हो ।

यस्तै प्रदर्शनको क्रममा घरमा आगो लगाउदा पैसा हावामा उडेको भिडियो पूर्वऊर्जामन्त्री दीपक खड्काको घरको पनि सार्वजनिक भएको थियो । विभागको टोली त्यहाँ पनि पुगेर मुचुल्का उठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *