काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले पहिलो जित निकालेको छ । श्रीलंकालाई ५ विकेटले हराउदै पाकिस्तानले जित निकालेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पाकिस्तानले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा ग¥यो । पाकिस्तानको जितमा मोहम्मद नवाजले अविजित ३८ तथा हुसेन तलतले अविजित ३२ रन बनाए ।
कप्तान चरिथ असलंकाले २० तथा चमिका करुणारत्नेले १७ रन बनाए । पाकिस्तानका शाहीन अफ्रिदीले ३ विकेट लिँदा हारिस राउफ र हुसेन तलतले २–२ तथा अबरार अहमदले १ विकेट लिए ।
जितसँगै पाकिस्तानले सुपर फोरमा २ अंक जोडेको छ । यसअघि पाकिस्तान भारतसँग पराजित भएको थियो । यता श्रीलंकाले भने बंगलादेशसँग हार बेहोरेको थियो ।
सुपर फोरमा भारतको १ खेलबाट २ अंक छ भने पाकिस्तानको २ खेलबाट २ अंक र बंगलादेशको १ खेलबाट २ अंक छ । सुपर फोरको शीर्ष २ मा रहने टोली फाइनलमा प्रवेश गर्ने छन् ।

प्रतिक्रिया