काठमाण्डौं –शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आजदेखि केशर महलस्थित मन्त्रालयमा नै बस्न थालेका छन् । सोमबार पदभार ग्रहण गरेलगत्तै उनले मन्त्रालयमै आवासको व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
मन्त्रालयका सहसचिव अनिता निरौलाका अनुसार मन्त्री पुनका लागि कोठा तयार पारिएको छ । उनले भनिन्, “कोठाको व्यवस्था भयो, आज बेलुकादेखि मन्त्रीज्यू मन्त्रालयमै बस्नुहुन्छ । सुत्ने र खाने व्यवस्था गरिएको छ ।”
सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय जेनजी आन्दोलनताका जलाइएपछि हाल केशर महलबाट सेवा प्रवाह हुँदै आएको छ । मन्त्रालयका अनुसार सेवामा असर नपरोस् भन्ने गरी मन्त्री पुनका लागि आवास व्यवस्थापन गरिएको हो ।

प्रतिक्रिया