जेनजीको प्रदर्शनबाट भएका क्षतिको २२ अर्ब २५ करोड ६५ लाख बराबर बीमा दाबी

काठमाडौं – जेनजीको प्रदर्शनबाट भएका क्षतिको २२ अर्ब २५ करोड ६५ लाख बराबर बीमा दाबी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ ।

बागमती प्रदेशमा एक हजार ३४३ वटा बीमा दाबीको कूल रकम रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको रहेको छ । माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायत घटना भएका थिए । तर निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडका सम्बन्धमा बिमा दाबी भएको स्पष्ट पारेको छ ।

प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार यस्तै, सिद्धार्थ इन्स्योरेन्समा रु पाँच अर्ब आठ करोड २८ लाख बराबरको आवेदन प्राप्त भएको छ । ओरियन्टल इन्स्योरेन्स कम्पनीमा रु पाँच अर्ब २२ करोड ९८ लाख बराबरको दाबीको आवेदन परेको छ । ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *