राज्यलाई चाहिएको खण्डमा आफ्नो आधा सम्पती दिने मिन बहादुर गुरुङले बताएको छ ।

काठमाण्डौ –भाटभटेनी सुपर मार्केटका संचालक मिन बहादुर गुरुङले राज्यलाई चाहिएको खण्डमा आफ्नो आधा सम्पती दिने बताएको छ । राज्यलाई चाहिएको खण्डमा आफ्नो आधा सम्पती दिने पहिला नै घोषणा गरेको जनाउदै आइतबार प्रधानमत्री सुशीला कार्की संगको भेटमा गुरुङले यस्तो बताएको हो ।

जेनजी आन्दोलनको क्रममा क्षतीग्रस्त भाटभटेनीको शाखाहरुको बीमा दाबी भुक्तानी छिटो अघि बढाइ दिन र पहिलो चरणमा ५० प्रतिशत भुक्तानीको व्यवस्था गराई दिन भाटभटेनीका संचालक गुरुङले प्रधानमन्त्री कार्कीसंग आग्रह गरेका छन् ।

आन्दोलनमा भाटभटेनीको २८ वटा शाखा मध्य १२ वटामा आग्जनी र ९ वटामा तोड्फोड् भएको छ । पुनःनिमार्णको लागि बन्द रहेको शाखाहरुको कार्मचारीहरुको तलव सुविधा यथावत दिने भाटभटेनीले घोषणा गरेको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *