काठमाडौँ– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा पत्रकार जगदीश खरेल मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री कार्की अन्तरिम सरकारलाई पूर्णता दिन लागिरहेका बेला खरेललाई मन्त्री बनाउने पक्का भएको स्रोतले जानकारी दियो । कार्कीले सञ्चार मन्त्री बन्नका लागि अरु केही प्रतिष्ठित पत्रकारहरुलाई पनि आग्रह गरेकी थिइन् तर उनीहरूले अस्वीकार गरेका छन् । उनले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनी हाल इमेज खबरका प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया