युएईले नेपाली क्रिकेट टोलीलाई भिसा दिन अस्वीकार

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई भिसा दिन अस्वीकार गरेको छ ।

ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल वेस्ट इन्डिजसँग युनिटी कप सिरिज खेल्न युएई जाने तयारीमा थियो । नेपालले शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म तीन खेलको सिरिज खेल्ने तय छ। तर, युएईले भिसा दिन अस्वीकार गरेपछि सिरिज अन्योलमा परेको छ ।

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नै बिदाइ गरेको थियो । टोली शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) जाने तयारीमा थियो । तर, भिसाको कारण अलपत्र परेको क्यान प्रवक्ता छुम्बी लामाले जानकारी दिए । ‘अहिले सबै नेपालीलाई युएईले भिसा दिन रोकेको छ । हामीले पनि अनलाइनमार्फत आबेदन थिएका थियौं । पहिला एक दिनमा नै भिसा पाइन्थ्यो । तर, अहिलेको विषम परिस्थितिका कारण भिसा पाउन सकिएन, उनले भने ।

क्यानले युएईको सरकार, त्यहाँको क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सँग समन्वय भइरहेको लामाले बताए । अहिलेसम्म भिसा आएको छैन। भिसा आउनेबित्तिकै क्रिकेट टोली युएई उड्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *