नेपाल बंगलादेशसँग पराजीत भएको छ ।

Gantabya News

३ आश्विन २०८२, शुक्रबार

काठमाडौं।साफ यु–१७ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजीत भएको छ । बिहीबार सम्पन्न समूहको दोस्रो तथा अन्तिम खेलमा साबिक उपविजेता बंगलादेशसँग ४–० ले पराजित भएको हो ।

कोलम्बो रेसकोर्स स्टेडियममा बंगलादेशको तर्फबाट मोहम्मद मनिक, मोहम्मद आरिफ, ओपु रहमान र सब्बिर इस्लामले गोल गरे । योसँगै विजयी सुरुआत गरेको बंगलादेशले ३ अंक जोडेको छ ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको थियो । नेपालल दुई खेलबाट ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा छ । नेपालले सेमिफाइनल प्रवेश प्रवेशको लागि बंगलादेश र श्रीलंकाविरुद्धको अन्तिम खेल गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *