नक्कली फुटबलर बनेर जापान पुगेका २२ स्वदेश फिर्ता

काठमाडौं। पाकिस्तानबाट नक्कली कागजात प्रमाणित भएपछि ती २२ जनालाई भने विमास्थलबाटै स्वदेश फर्काइएको छ । फुटबलरको परिचयपत्र नक्कली ठहरिएका कारण उनीहरूलाई विमानस्थलमै रोकिएको थियो ।

सियालकोटबाट एउटा फुटबल टोली जापान गएको थियो । ती टोलीका सबै सदस्य नक्कली कागजातसहित जापान गरेका हुन । सबै विवरण जाँचपछि उनीहरूलाई पुनः पाकिस्तान फर्काइएको हो ।

पाकिस्तानको फेडरल इन्भेष्टिगेसन एजेन्सी (एफआईए) ले यो समाचारको पुष्टि गर्दै २२ जना सियालकोट विमानस्थलमार्फत जापान पुगेको जनाएको छ । उनीहरू फुटबल टोलीका रूपमा जापान गएका थिए ।

यो समूहको नाइके मालिक वाकास नामक व्यक्ति रहेको बताइएको छ । उनलाई पक्राउ गरी गुजरानवालामा मुद्दा दर्ता गरिएको छ । घटनाबारे एफआईएले अनुसन्धान सुरु गरेको छ ।

एक अनुसन्धानकर्ताका अनुसार, ‘समूहको नाइक वाकासले केही समयअघि गोल्डेन फुटबल ट्रायल नामक फुटबल क्लब दर्ता गरेका थिए । उनले सबैलाई फुटबलरझैँ बनाउन प्रशिक्षण दिएका थिए । जापान पठाउने भन्दै प्रत्येक व्यक्तिबाट ४० लाख रुपैयाँ उठाएका अनुसन्धनमा खुलेको छ । थप जानकारी अनुसन्धान अघि बढेपछि आउन सक्नेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *