जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीतर्फ ३ को मृत्यु १९६३ घाइते

काठमाडौं । जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरीतर्फ मानवीयका साथै ठूलो भौतिक क्षति भएको छ । त्यस क्रममा देशभर नेपाल प्रहरीका कार्यालयमध्ये करिब साढे ४०० भवन ध्वस्त, प्रहरीका ११०० थान हतियार लुटिएका भने ३ प्रहरी मारीएका छन् ।

पहिलो दिनको आन्दोलनमा केही प्रहरी सामान्य घाइते भएका थिए । पहिलो दिन प्रदर्शनकारीतर्फ अकल्पनीय क्षति भयो । सुरक्षाकर्मीको गोली लागेर नयाँ बानेश्वर र सुनसरीमा गरी २१ जनाको मृत्यु भएपछि दोस्रो सदज जेन–जीको आक्रोश उग्र बन्यो ।

प्रदर्शनकारीले प्रहरीका भवनमा तोडफोड र आगजनी गर्नुका साथै गाडी जलाउने, लुट्नेसम्मका काम गरेका प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता तथा एसएसपी रमेश थापाका बताए । देशभर प्रहरीका ४४५ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भयो । जसमध्ये १९७ प्रहरी कार्यालय पूर्ण क्षति भए । २५८ वटा प्रहरी कार्यालय भने आशिंक क्षति भएकाले मर्मत गरेर पुनः प्रयोग गर्न सकिने आकलन प्रहरीले गरेको छ । उपत्यका भित्रैका प्रहरी कार्यालयमा सबैभन्दा बढी क्षति भएछ ।

प्रदर्शनकारीहरूले प्रहरी कार्यालय तोडफोड र आगजनी मात्रै गरेनन्, हतियार समेत लुटे । प्रहरीका हतियार लुटेर पोजिसन लिँदै गरेको भिडिओ, तस्वीर प्रदर्शनकारी स्वयंले सार्वजनिक गरेका थिए । लुटिएका हतियारहरूमध्ये करिब ३०० थान नेपाली सेनाले बरामदसमेत गरेको थियो । सहप्रवक्ता थापाका अनुसार सानाठूला गरी प्रहरीका ११०० थान हतियार लुटिएका छन् । गोलीको त हिसाब नै नरहेको प्रहरी अधिकारीहरू बताउँछन् । कति गोली, अश्रुग्यास लुटिए, हराए भन्ने यकिन तथ्यांक आउन अझै समय लाग्ने प्रहरीको भनाइ छ ।

जेन–जीको प्रदर्शनमा काठमाडौंदेखि देशभर १ हजार ९६३ प्रहरी घाइते भएको सहप्रवक्ता थापाले बताए । घाइतेमध्ये १ हजार ९३९ जना उपचारपश्चात् डिस्चार्ज भएर घर फर्किसकेका छन् । २४ जना भने अझै अस्पतालमा उपचाररत रहेको बताइएको छ । प्रदर्शनको क्रममा तीन प्रहरी मारिएका छन् । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, वृत्त महाराजगञ्जकै जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङ प्रदर्शनकारीहरूको तर्फबाट मारिए ।

यसैगरी प्रहरी र प्रदर्शनकारीसमेत गरी अहिलेसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *