जेनजी प्रदर्शनको क्रममा आग्जनी भएको कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि एउटा शव भेटिएको छ

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा आग्जनी भएको कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि एउटा शव भेटिएको छ । शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको अनलाइनखबरलाई बताए ।

यसअघि भाटभटेनी सुपरमार्केटको चुच्चेपाटी शाखामा ७, इटहरी शाखामा ४ र विराटनगर शाखामा १ जनाले ज्यान गुमाएका छन् ।

योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *