काठमाडौं उपत्यकामा रहेका १२२ वटा प्रहरीका भवनमा पूर्ण रूपमा क्षति पुगेको छ।

काठमाडौं उपत्यकाभित्र रहेका १२२ वटा प्रहरी भवन पूर्ण रूपमा क्षति भएको मंगलबारसम्मको विवरणमा आएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए । उनका अनुसार ९६ वटा भवनमा आंशिक क्षति पुगेको छ ।

नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी सहायक हवल्दार अमृत गुरूङ र प्रहरी जवान उत्तम थापाको मृत्यु भएको छ ।
त्यसैगरी, ११७ वटा चार पांग्रे सवारीसाधन पूर्ण क्षति र चार वटामा आंशिक क्षति भएको छ । १५८ वटा दुई पांग्रे सवारी साधनमा पूर्ण रूपमा क्षति पुगेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *