काठमाण्डौ – एएफसी फुटसल एसियन कप छनोटमा सहभागिता नजाएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई १० हजार अमेरिकी डलर जरिबाना साथै अर्को संस्करणको एएफसी फुटसल एसियन कप छनोटमा भाग लिनबाट समेत बञ्चित गइएको छ । एएफसीको अनुशासन तथा आचारसंहिता समितिको गत अगस्ट २१ बसेको बैठकले सो कारबाहीको निर्णय गरेको हो ।
एन्फाले इन्डोनेसियामा सन् २०२६ मा हुने प्रतियोगिताको छनोटबाट नाम फिर्ता लिएको थियो । एएफसीका अनुसार नाम फिर्ता खेल सुरु हुनुभन्दा १०६ दिनअघि मात्र पाइन्छ । तर, एन्फाले यो नियम मिचेपछि कारबाहीमा परेको हो । उक्त जरिबाना सेप्टेम्बर २० सम्ममा तिर्न एएफसीले जनाएको छ ।
फुटसल एसियन कपको छनोट २० सेप्टेम्बरदेखि सुरू हुँदैछ । छनोटमा ३१ देशले विभिन्न आठ समूहमा प्रतिस्पर्धा गर्दैछन् । जसबाट १५ टोली छनोट हुनेछन् । आयोजक इन्डोनेसिया स्वतः छनोट भइसकेको छ । अब आठ समूहका विजेता र उपविजेता पुग्नेछन् ।

प्रतिक्रिया