काठमाडौं। सन् २०१८ को विश्वकप विजेता फ्रान्सका पूर्व डिफेन्डर सामुएल उम्टिटीले ३१ वर्षको उमेरमा व्यवसायिक फुटबलबाट सन्न्यास लिएका छन् । सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उम्टिटीले भने,‘उतार–चढावले भरिएको करिअरपछि अब विदा हुने समय आएको उल्लेख गर्दै सन्न्यासको घोषणा गरेका छन् ।
बार्सिलोनाबाट उनले दुई ला लिगा उपाधि र तीन कोपा डेल रे जितेका थिए । फ्रान्सका लागि ३१ खेल खेलेका उनले चार गोल गरेका छन्, जसमा २०१८ को विश्वकप सेमिफाइनलमा बेल्जियम विरुद्धको १–० को जितमा निर्णायक हेडिङ गोल पनि समावेश छ । गत सिजनपछि फ्रान्सेली लिग क्लब लिल छोडेका उनी त्यसयता क्लबविहीन थिए । सन्यास घोषणा गर्दै उने भने, मैले आफ्नो सम्पूर्ण जोश र जाँगरसहित खेलें, मलाई कुनै पश्चाताप छैन ।’
फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले उम्टिटीको योगदानलाई सम्झिँदै भने,‘युरो २०१६ बाट राष्ट्रिय टोलीमा प्रवेश गरेका सामले २०१८ विश्वकप जित्न महत्त्वपूर्ण भूमिका खेले । बेल्जियम विरुद्धको गोल सबैले सम्झिरहनेछन्। उनको राफाएलसँगको साझेदारी, डिफेन्समा देखाएको दृढता र अन्तिम क्षणसम्म खेलेको साहसिक प्रदर्शन प्रेरणादायी थियो ।’
उनी भन्छन्,‘लिलमा फर्किनका लागि मैले सबै प्रयास गरें । धेरैलाई थाहा छैन मैले कति संघर्ष गरें, तर मेरो शरीरले साथ दिन सकेन । पछिल्ला वर्षमा लगातार चोटपटकका कारण उनी संघर्षरत रहे । लिलमा पनि उनले थोरै मात्र खेल्न पाए ।

प्रतिक्रिया