जेनजी आनदोलनमा काठमाडौंमा मात्रै एक हजार बढी सवारीसाधन जलेर खरानी भएको तथ्यांकले देखाएको छ ।

काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा आगजनी भएका सरकारी सवारी साधनको प्रारम्भिक तथ्यांक आयो । काठमाडौंमा मात्रै एक हजार बढी सवारीसाधन जलेर खरानी भएको तथ्यांकले देखाएको छ ।

प्रारम्भिक विवरण अनुसार आगजनीबाट विभिन्न सरकारी निकायहरुको ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी जम्मा १ हजार ४२ वटा सवारीसाधन नष्ट भएका छ । अधिकारीहरुले बताए अनुसार दुईपाङ्ग्रे सवारी साधन अनगन्ति संख्यामा आगजनी भएका छन् ।

जलेका सवारी साधन मध्य सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ वटा, अर्थ मन्त्रालयका ३६ वटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा चारपांग्रे गाडी नष्ट भएको तथ्यांकमा उल्लेख छ ।

यसैगरी शिक्षा मन्त्रालयका २६ वटा, गृह मन्त्रालयका २५ वटा, स्वास्थ्य मन्त्रालयका २२ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसद सचिवालयका १८ वटा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा, वन तथा वातावरण मन्त्रालयका १७ वटा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडी जलेका छन् ।

जेनजी आन्दोलनमा २३ गते १९ जनाको मृत्यु भएपछि उच्चपदस्थ कर्मचारीहरुले सडकमा सरकारी गाडी असुरक्षित हुन सक्ने भन्दै कार्यालय परिसरमै पार्किङमा राख्न भनेका थिए । भदौ २४ गते आन्दोलन थप हिंसात्मक बन्दा कार्यालयहरुमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । त्यसै क्रममा सवारी साधनहरु पनि जलाएका थिए । अहिले पनि जलेका गाडीहरु सरकारी कार्यालय परिसरमा नै खरानीको थुप्रा माथि थुप्रिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *