सहीद परिवारको माग पूरा नभए सरकार फेरी पनि ढाल्ने अभियान्ता गुरुङको चेतावनी

काठमाडौँ । जेनजी आन्दोलनका पीडितहरूको माग तत्काल पूरा गर्न सरकारसँग अभियन्ता सुदन गुरुङले आग्रह गरेका छन् ।
आइतबार भएको एक साक्षात्कार कार्यक्रममा उनले शहीद परिवारको माग भोलि (सोमबार) बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी दिएका छन् ।
पीडितले न्याय पाउने कुरा सुनिश्चित नभए सरकार ढल्ने अभियन्ता गुरुङको अडान थियो । नवनियुक्त प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेको केहीबेरमा नै उनले यो अभिव्यक्ति दिएका हुन् ।
अभियन्ता गुरुङले भने,‘हाम्रो माग अझै पनि पूरा भएको छैन । म एक्लै भए पनि आन्दोलन जारी छ । मलाई इण्डियन, चाइनिज जे भनेपनि मेरो निम्ति देश ठुलो हो, लड्छु । भोलि बिहानसम्म उनीहरूको माग पूरा हुन्छ । माग पूरा नभए सरकार फेरी पनि ढल्छ । सरकार जनताको हुनुपर्छ । अहिले जनताको एक्सेस भएको छ । त्यो कहिल्यै यस अघि भएको थिएन । पीडितले न्याय पाउने कुरा कन्फम नभएसम्म जुनै सरकार आएपनि टिक्दैन । म छु–एक्लै भए पनि लड्छु, टेनसन नलिए हुन्छ ।’
कार्यक्रममा शहीद परिवारका सदस्यहरूले पनि जेनजी आन्दोलन दमन गरी हत्या गर्ने काममा संलग्नहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *