जेन–जी प्रदर्शनका कारण मृत्यु हुनेको संख्या ७२ पुग्यो २७ जनाको शव परिवारले बुझे

काठमाडौं । जेन–जी प्रदर्शनको कारण देशभर ७२ जनाको मृत्यु भइसकेको छ । जस मध्य ३० जनाको शव पोस्टमार्टम भइसकेको छ भने २७ जनाको शव परिवारले बुझेका छन् ।

२३ र २४ भदौको प्रदर्शनका क्रममा मृत्यु भएका ४६ जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक विभागमा राखिएको छ । अब १६ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ । पोस्टमार्टम गर्न बाँकीमध्ये ७ वटा शव पूर्ण रूपमा जलेका पहिचान गर्न नसकिने अवस्थामा रहेको फोरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीकाले जनाएको छ ।

प्हिचान गर्न नसक्ने अवस्थामा पहिले त मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटुका आधारमा शव पहिचान गरिन्छ । यसरी पनि पत्ता नलागेमा मृतकको पहिचान खुलाउन फिङ्गर प्रिन्ट, डेन्टल एक्जामिनेसन र डीएनए परीक्षण गर्नु पर्ने हुन्छ । केही शव पूर्ण रूपमा जलेका कारण डीएनए टेस्ट पनि गर्नुपर्ने हुनसक्छ डा. चौधरीले भने ।

जेन–जी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने, मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने, घर सम्म लैजान निशुल्क सवारी साधान उपलब्ध गराउने साथैै मृत्यु भएकालाई शहीद घोषणा गर्ने र परिवारलाई १० लाख दिने सरकारले घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *